इन्जिनियर तथा ठेक्का जोखिम बीमा वापत बीमा कम्पनीहरुले संकलन गरे ५ अर्व २६ करोड रुपैयाँ, कुन प्रदेशबाट कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्जिनियर तथा ठेक्का जोखिम बीमालेखबाट कुल ५ अर्व २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल सरकारले अनिवार्य गरेको मोटर बीमा र सम्पत्ति बमिा पश्चात् सबैभन्दा धेरै बीमाशुुल्क उठ्ने यस बीमालेखको दायरा पछिल्लो समय बीमा बजारमा बढ्दै गएको विगतका तथ्यांकहरुले देखाएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्ममा ७ प्रदेशबाट कुल २ करोड २५ लाख बीमालेख जारी भएका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेका वित्तीय तथ्यांकहरुमा बाग्मती प्रदेशको हिस्सा नै अग्रस्थानमा रहको छ । प्रत्येक जिल्लाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काठमाडौंमा आई मानिसहरुले ठुला ठुला ठेक्का तथा लिएर पुुर्वाधार निर्माण गर्ने क्रम बढ्दो छ । जसको कारणले गर्दा बाग्मती प्रदेशमा अन्य प्रदेशको तुलनामा दोब्बरले बीमा ब्यवसाय हुने गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बाग्मति प्रदेशबाट जारी भएका १ करोड २० लाख इन्जिनियर तथा ठेक्का बीमालेखबाट कुल ४ अर्व ४३ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । बीमा कम्पनीहरुले यस प्रदेशबाट जारी भएका ३४ लाख ८४ लाख बीमालेखबाट २२ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसका साथै, कोशी प्रदेशबाट २२ लाख ९० हजार बीमालेखबाट २१ करोड ७९ लाख रुपैयाँ, मधेश प्रदेशबाट जारी भएका १३ लाख ६० हजार बीमा लेखाबाट १२ करोड ४१ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट जारी भएका १७ लाख २३ हजार बीमालेखबाट ११ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । त्यस्तै, सुदुरपश्चिम प्रदेशबाट जारी भएका १२ लाख ४२ लाख बीमालेखबाट ११ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यसका साथै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सम्पत्ति बीमालेखबाट सबैभन्दा कम बीमाशुल्क कर्णाली प्रदेशले आर्जन गरेको छ । संघिय राजधानीदेखि टाढा रहेको र शैक्षिक, सामाजिक, आर्थिक रुपले पछाडी परेको यो प्रदेशमा बीमा क्षेत्रमा बीमा व्यवसाय विस्तार भएको छैन । समिक्षा अवधिमा यस प्रदेशबाट जारी भएका ४ लाख ४७ हजार बीमालेखबाट कुल ११ करोड १४ लाख रुपैयाँ बीमा शूल्क आर्जन गर्न सफल भएको छ ।