सानिमा जिआइसी इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन ११४ प्रतिशतले बढ्यो, मुनाफा कति ?

२९ बैशाख २०८०, शुक्रबार ०९:३९

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सुधार देखिएको छ । यस त्रैमास कम्पनीको खुद बीमाशुल्क आर्जन ११४ प्रतिशतले बढेर ४७ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको खुद मुनाफा पनि कम्पनीको उल्लेख्नीय सुधार देखिएको छ। गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद मुनाफा ९९ प्रतिशतले बढेर २१ करोड ३२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजि २ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३० करोड ७७ लाख रुपैयाँ, बीमा कोषमा ३९ करोड ३२ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ करोड ३४ लाख रुपैयाँ रकम संचिती रहेको छ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीको यप्रति शेयर आम्दानी १४ रुपैयाँ २२ पैसा रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*