सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग प्रदान

२९ बैशाख २०८०, शुक्रबार १६:२०

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड आजदेखि ३१औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय, सम्पूर्ण शाखा तथा उप शाखा कार्यालयहरुले एक आपसमा शुभकामना आदान प्रदान गरि ३०औं बार्षिक उत्सव मनाएको छ ।

३०औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई अझ विश्वसनिय र सुरक्षित महसुस हुनेगरि सहज सेवा प्रदान गर्ने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।
साथै बार्षिक उत्सवको अवसरमा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा–११ कांभ्रे स्थित ‘अपाङ्गता बालबालिका सुधार केन्द्र तथा अस्पताल’लाई आर्थिक सहयोग प्रदान गरेको छ ।

साथै भविष्यमा पनि यस्तै सामाजिक कार्यमा प्रतिवद्ध रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले बताए । यस अवसरमा ३०औं वर्ष सम्म निरन्तर साथ र सहयोग पुर्याउने नेपाल बीमा प्राधिकरण, सम्पूर्ण ग्राहकवर्ग ,कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण सरोकारवालामा कम्पनीले आभार ब्यक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*