शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन बढ्यो, प्रतिशेयर आम्दानी कति ?

३० बैशाख २०८०, शनिबार ०९:१८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्कआर्जन बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९। प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन यस त्रैमासममा १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको खुद नाफा ६।५२ प्रतिशत ले घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यसले ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको दाबी भुक्तानी रकम १२।२३ प्रतिशत ले बढेर ७० करोड ५५ लाख रुपैयाँ पुगेको छ । यता, व्यवस्थापन खर्चमा पनि वृद्धि भएपछि खुद नाफामा सामान्य असर परेको देखिन्छ । यता, बिमा कोषको आकार ७।०७ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ भने १८९ रुपैयाँ १७ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*