नेको इन्स्योरेन्सको अधिंकाश सूचकमा सामान्य सुधार

३० बैशाख २०८०, शनिबार ०९:४१

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजजिक गरेको वित्तिय सामान्य देखिएको छ । यस आर्थिक बर्षको कम्पनी र खुद बीमाशुल्क आर्जन र मुनाफामा संकुचन देखिएको छ । गत आर्थिक बर्षमा ३४ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ३४ करोड १८ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य प्रतिशतकोमात्रै वृद्धि भएको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षमा २ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासमा २ करोड रुपैयाँ मात्रै बढाएर २ अर्ब २६ करोड रुपैयाँ पुराएको छ ।

यस त्रैमाससम्मा कम्पनीले १ अर्ब ३१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको थियो ।गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घट्न पुगेको देखिएको छ ।

यस त्रैमाससम्मा कम्पनीले १ अर्ब ३७ करोड कुल दाबी भुक्तानी गर्न सफल भएको छ ।हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैेयाँ रहेको छ भने जगेडामा ३९ करोड ६२ लाख रुपैयाँ रहेको छ ।कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ६५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*