प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र मुनाफा दुबैमा सामान्य सुधार

३० बैशाख २०८०, शनिबार १०:१८

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अधिंकाश सूचकमा सुधार देखिएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढेको देखिएको छ ।

यस त्रैमासमा कम्पनीले ५३ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद मुनाफामा पनि थोरै सुधार देखिएको छ । गत आर्थिक बर्षमा १६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यस त्रैमासमा सामान्य वृद्धि गरेर १७ करोड पुराउन सफल भएको छ ।
यस त्रैमासमा कम्पनीले १३ करोड ८८ लाख खुद दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजि १ अर्ब ३७ करोड रुपैयाँ,जगेडा कोषमा १९ करोड ४२ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब रुपैयाँ रकम संचिति रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*