राष्ट्रिय बीमा कम्पनीको मुनाफा शतप्रतिशतले बृद्धि, इपिएस नै ३०० रुपैयाँमाथि

३० बैशाख २०८०, शनिबार १७:३८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा ६८ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा ३४ करोड २६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क २६.५० प्रतिशतले बढेर ३१ करोड ४ लाख रुपैयाँ आर्जन भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीको जगेडा कोषको आकार सामान्य रुपले बढेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषको आकार १२.३१ प्रतिशतले बढेर ३ अर्व ७२ करोड रुपैैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कम्पनीको जगेडा कोष ३ अर्व ३१ करोड रुपैयाँमा सीमित भएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जनमा उल्लेखनिय प्रगती देखिएको छ । यस अवधिसम्ममा कम्पनीको कुल बीमा शुल्क ४८.३६ प्रतिशतले बढेर २ अर्व ५ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कुल १ अर्व ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १ हजार ४९८.३२ प्रतिशेयर र प्रति शेयर आम्दानी ३४३.२५ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*