अजोड इन्स्योरेन्सद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

३१ बैशाख २०८०, आईतवार १३:०६

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीले पर्वत जिल्लामा तीन दिने तालिम प्रदान गरेको हो ।

कार्यक्रम बैशाख २८ गते देखि ३० गते सम्म संचालन भएको हो । उक्त कार्यक्रममा सहभागीहरुलाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल, गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।

तालिमको आन्तिम दिन अजोड इन्स्योरेन्स लिमिटेडका अधक्ष्य आजाद श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिदै गाउँ गाउँमा बीमाको पहुच बढाउन अनुरोध गरेका थिए । साथै उनले अभिकर्ताहरुलाई हौसला प्रदान समेत गरेका थिए ।

तालिममा २९ जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*