सानिमा जिआईसी इन्स्योरेन्सको साधारण सभा जेठ ३२ मा, बुकक्लोज कहिले ?

३ जेष्ठ २०८०, बुधबार ०९:३२

काठमाण्डौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकको निर्णयले वार्षिक साधारणसभा यही जेठ ३२ गते बस्ने भएको हो । सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्ने छ । त्यस्तै, सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११(क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।  सभाले संस्थापक शेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गरी निर्वाचित गर्ने छ ।

साधारणसभाबाट पारित सामान्य तथा विशेष प्रस्स्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकाय वा कार्यालबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*