१५ निर्जीवन बीमा कम्पनीले नौ महिनामा संकलन गरे १० अर्ब खुद बीमा शुल्क, नेको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

४ जेष्ठ २०८०, बिहीबार १७:४५

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल १० अर्ब २५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्कको आधारमा नेको इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ ।

वित्तीय विवरण प्रकाशित गरेका १५ निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्सले खुद बीमा शुल्क आम्दानी गरेको छ । चुक्ता पुँजिको आधारमा नेको इन्स्योरेन्सको खुद बीमा शुल्क उच्च देखिएको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

 

 

दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले समिक्षा अवधिसम्ममा १ अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो नम्बरमा भर्खरै मर्जर भई एकीकृत कारोबार थालेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क कमाउन सफल भएको छ ।

यसका साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ७० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६९ करोड रुपैयाँ, ओरिन्टियल इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

साथै, यस अवधिसम्ममा आइएमई जनरल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ, मर्जर प्रक्रियामा रहेको प्रभु इन्स्योरेन्सले ५३ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ५२ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ४७ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ३५ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

समिक्षा अवधिसम्ममा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्मा कम्पनीले कुल ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको प्रकाशित विवरणले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*