निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २९ अर्बमाथि, अग्रस्थानमा शिखर, बृद्धिदरमा राष्ट्रिय बीमा कम्पनी (सूचिसहित)

६ जेष्ठ २०८०, शनिबार ११:०३

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल २९ अर्ब १८ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। बीमा कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय वृद्धि गर्न सफल भएका छन् । यस त्रैमासको अवधिसम्म तीन कम्पनीको व्यवासाय बाहेक सबै कम्पनीको व्यवसायमा सुधार आएको तथ्यांकमा देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क ४.२८ प्रतिशतले बढेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कुल २७ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क कमाएका थिए ।

चालु आवको तेस्रौ त्रैमाससम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क कमाउन सफल भएको छ ।

दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३ अर्ब ४८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

चालु आवको नौ महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ४२ करोड, हिमालयन एभरेष्टले २ अर्व २९ करोड, नेकोले २ अर्व २६ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्व ५ करोड रुपैयाँ बीमा शुल्क कमाएका छन् । अन्य कम्पनीहरुको बीमा शुल्क आर्जन १ अर्व भन्दा मुनि रहेको छ ।

वृद्धिदरमा अगाडि रहेका कम्पनी

गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा ११ निर्जिवन बीमा कम्पनीहरुको बीमा शुल्क बढेको छ । यस अवधिसम्ममा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको कुल बीमा शुल्क सबैभन्दा बढी प्रतिशतले बढेको छ । कम्पनीको बीमा शुल्क गत आवको तुलनामा ४८.३६ प्रतिशतले बढेको हो ।

दोस्रो नम्बरमा अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवको तुलनामा १७.६५ प्रतिशतले बीमा शुल्क आर्जन गरेको छ ।

साथै, गत आर्थिक वर्षको तुलनामा शिखर इन्स्योरेन्सको १४.५७ प्रतिशत र आइएमई जनरल इन्स्योरेन्सको १०.५८ प्रतिशतले बीमा शुल्क बढेको छ । अन्य ७ कम्पनीहरुको बीमा शुल्क आर्जत १० प्रतिशत भन्दा कम रहेको प्रकाशित विवरणले देखाएको छ ।

चार कम्पनीको कुल बीमा शुल्क घट्यो

चालु आर्थिक वर्षको नौ महिनाको अवधिसम्ममा चार निर्जिवन बीमा कम्पनीको बीमा व्यवसाय घटेको कम्पनीहरुले प्रकाशन गरेको विविरणमा देखिएको छ ।
यस अवधिसम्ममा युनाइटेड इन्स्योरेन्सको सबैभन्दा बढी बीमा शुल्क संकलन घटेको छ । चालु आवको तुलनामा कम्पनीको बीमा शुल्क २४.०५ प्रतिशतले घटेको छ ।

दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५।९६ प्रतिशत र सानिमा जिआइसीको ४ प्रतिशतले बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा घटेको देखिएको छ ।

तेस्रो नम्बरमा रहेको सानिमा जिआइसी इन्स्योरेनसको ४ प्रतिशतले कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिमा सबैभन्दा कम सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीको बीमा शुल्क ३ दशमलव ०७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*