आइजिआई प्रुडेन्सियलका सिईओ युगेश भक्त वादे श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

१० जेष्ठ २०८०, बुधबार ००:०७

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिई आजैबाट पदभार ग्रहण गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा सिईओ श्रेष्ठलाई आजदेखि लागू हुने गरी सञ्चालक समितिले सिईओमा नियुक्त गरी अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । सिईओ श्रेष्ठले आजैबाट पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ५ को पत्र मार्फत स्वीकृति प्राप्त भई आए बमोजिम कम्पनीको आजै बसेको सञ्चालक समितिको बैठकले युगेशभक्त बादे श्रेष्ठलाई सिईओ नियुक्त गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*