युनाइटेड अजोडको संयुक्त नयाँ लोगो तयार

१० जेष्ठ २०८०, बुधबार १६:०६

काठमाडौं । सम्भवतः आगामी आइतबारदेखि एकीकृत कारोबार गरी मर्जरमा जाने युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको संयुक्त नयाँ लोगो तयार भएको छ । बीमापोष्ट प्राप्त नयाँ लोगोमा कम्पनीको नाम युनाइटेड अजोड इन्स्यारेन्स लि. राखेर बनाइएको छ ।

नयाँ लोगोमा चार वटा उल्टो पिरामिड आकारको आकृति राखिएको छ । नयाँ लोगोमा युनाईटेड बाई ट्रष्ट अर्थात विश्वासको एकता भन्ने वाक्यांश राखिएको छ ।
अब मर्जरपछि बन्ने कम्पनीले यही लोगोबाट निर्जीवन बीमा सेवा प्रवाह गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*