नेको इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सुची दर्ता गर्न आह्वान

११ जेष्ठ २०८०, बिहीबार १०:०७

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सूचिकृत नभएका बीमा सर्भेयरलाई सुची दर्ता गर्न आह्वान गरेको छ ।

कम्पनीको बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा सूचिकृत नभएका व्यक्तिलाई सुचि दर्ताको निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सुचिकृत गराउन इच्छुक सर्भेयर व्यक्ति वा संस्थाले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन , ज्ञानेश्वर वा शाखा कार्यालय मार्फत आवश्यक कागजात संकलन गरी सुचि दर्ता गराउन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*