नेपालका तीन उत्कृष्ट निर्जीवन बीमा कम्पनीलाई दाजेर हेर्दा, लगानीकर्ताले शिखर, नेको र सगरमाथा लुम्बिनी मध्ये कुन रोज्ने?

१२ जेष्ठ २०८०, शुक्रबार ०९:४१

काठमाडौं । नेपालमा संचालनमा रहेका जिर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर, नेको र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी नेपाली निर्जीवन बीमा क्षेत्रका लिडर कम्पनीहरु हुन् । अहिले धेरै शेयर लगानीकर्ता, बीमा अभिकर्ता तथा आम जनताले यी तीन कम्पनीलाई दाजेर हेर्ने गरेका छन् । सेवाको गुणस्तरीयता, प्रतिफल लगायतमा तीन कम्पनीका बीचमा तीव्र प्रतिस्पर्धा हुँदै आएको छ ।

लगानीकर्तालाई शेयर बजारमा लगानी गर्न तथा बीमितलाई सेवा प्रवाहको सम्बन्धमा अध्ययन गर्न सजिलो हुने हेतुले हामीले चुक्ता पुँजि, कोषहरु, कूल बीमा शुल्क आम्दानी, खुद बीमा शुु्ल्क आम्दानी व्यवस्थापन खर्च, खुद मुनाफा, प्रतिशेयर आम्दानी आदीका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

लगानीकर्ताको कोणबाट नेको इन्स्योरेन्स सबैभन्दा राम्रो देखिएको छ । उसको प्रतिशेयर आम्दानी २२.६५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थको आधारमा सगरमाथा लुम्बिनीको २२२.५६रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजि समग्र वित्तीय सूचांकको आधारमा शिखर इन्स्योरेन्स उत्कृष्ट देखिएको छ ।

Source: Financal Report

 

चुक्ता पुँजिको आधारमा
चुक्ता पुँजिको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । कम्पनीको चुक्ता पुँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजि २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ सञ्चिती रहेको छ ।

बीमा कोषको आधारमा

बीमा कोषको आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) अगाडी रहेको छ । कम्पनीको बीमा कोषमा २ अर्व २० करोड रुपैयाँ संचित रहेको छ । दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब ५८ करोड रुपैयाँ संचित रहेको छ ।

तेस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्सको बीमा १ अर्ब ५३ करोड रुपैयाँ संचित रहेको छ ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा तुलनात्मक बिश्लेषण गर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीको जगेडा कोषमा ८३ करोड ७९ लाख रुपैयाँ रकम संचित रहेको छ ।दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको जगेडा कोषमा ६३ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।

तेस्रोमा नम्बरमा रहेको नेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।

महाविपत्ति कोषको आधारमा

बीमा कम्पनीहरुको महाविपत्ति कोषको आधारमा पनि सगरमाथा लुम्बिनी इन्स्योरेन्स नै अगाडि रहेको छ । कम्पनीको महाविपत्ति कोषमा १७ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ । दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको महाविपत्ति कोषमा १४ करोड ८० लाख रुपैयाँ संचित रहेको छ ।

तेस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्सको महाविपत्ति कोषमा ९ करोड १५ लाख रुपैयाँ संचित रहेको छ ।

कुल बीमाशुल्क आर्जनको आधारमा

तीन बीमा कम्पनीहरुमध्ये यस अवधिसम्ममा शिखर इन्स्योरेन्स अगाडी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्म्मा ३ अर्ब ४८ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

खुद बीमा शूल्कको आधारमा

खुद बीमा शुल्कको आधारमा नेको इन्स्योरेन्स अगाडी रहेको छ । यस अवधिसम्ममा कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ बराबर खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । यस अवधिसम्ममा कम्पनीले खुद बीमा शूल्क बापत १ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ ।

खुद दावी भुक्तानी

खुद दावी भुक्तानीको आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडी रहेको छ । यस अवधिमा कम्पनीले ८१ करोड ८३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले ७० करोड रुपैयाँ र नेको इन्स्योरेन्सले ५७ करोड ५८ लाख रुपैयाँ खुद दावी भुक्तानी गर्न सफल भएका छन् ।

व्यवस्थापन खर्च

व्यवस्थापन खर्चको आधारमा हेर्ने हो भने नेको इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीको व्यवस्थापन खर्च ३२ करोड माथि रहेको छ ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवस्थापन खर्च २८ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, शिखर इन्स्योेरेन्सको ४ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

खुद नाफाको आधारमा
खुद मुनाफाको आधारमा हेर्दा शिखर इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा ३४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमाससम्मा कम्पनीले ३४ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस त्रैमाससम्ममा २९ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

बीमा पोलिसी

चालु आर्थिक वर्षको नौ महिनामा बीमा पोलिसीको आधारमा नेको इन्स्योरेन्स रहेको छ । यस अवधिसम्ममा कम्पनीले २३ करोड माथि बीमा पोलिसी जारी गरेको छ ।

दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सले कुल २० करोड र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ करोड बढी बीमा पोलिसी जारी गरेको छ ।

प्रतिशेयर नेटवर्थको आधारमा

प्रतिशेयर नेटवर्थको आधारमा हेर्ने हो भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२२।५३ रहेको छ ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २००।२९ रुपैयाँ रहेको छ । तेस्रो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८९।१७ रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी

तीन कम्पनीहरु मध्ये प्रतिशेयर आम्दानीको आधारमा नेको इन्स्योरेन्स अगाडी रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२।६५ रहेको छ ।

दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १४।९८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*