युनाईटेड र अजोड इन्स्योरेन्सको मर्जर कमिटिको अन्तिम बैठक सम्पन्न, भोलिदेखि एकिकृत कारोबार शुभारम्भ

१३ जेष्ठ २०८०, शनिबार २१:३१

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच आज मर्जर कमिटिको अन्तिम बोर्डको बैटक सम्पन्न भएको छ ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अब बन्ने कम्पनीको सिईओ श्रवन रावल पनि अन्तिम बैठकमा उपस्थित रहेको थियो । यी दुई कम्पनी भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछन् ।

अजोड इन्स्योरेन्सको तर्फबाट अध्यक्ष राख्ने सहमती भएको कारण युनाईटेड इन्स्योरेन्स कम्पनीले श्रवण रावललाई सिईओको जिम्मेवारी दिएको हो । यसअघि उनी पुड्रेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ थिए । आइएमईसँग मर्ज भएसँगै सिईओबाट डिसिईओमा जिम्मेवारी पाएका रावलले कम्पनीको सिईओको जिम्मेवारी पाउन लागेको हो ।

मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले पुस २९ गते सैद्धान्तिक सहमति दिएको हो ।प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम अजोड र यूनाइटेडलाई एक आपसमा गाभ्न र गाभिने ९मर्जर० प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो ।

यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*