अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि सुरु

१४ जेष्ठ २०८०, आईतवार ०८:२३

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्।

अजोड र युनाइेटडबीच गत २७ पुसमा मर्जर सहमति भएको थियो। गत १६ चैतमा मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो। त्यसपछि आवश्यक मर्जर प्रक्रिया सम्पन्न गरेर दुई कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। यी दुई कम्पनी १००:८२।५ स्वाप रेसियोमा मर्ज भएका हुन्।

नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत समेत प्रदान गरिसेको छ । नेपाल धितोपत्र बोर्डले पनि अन्तिम स्वीकृति प्रदान गरिसेको छ ।

युनाइटेड र अजोड एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । हाल युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ ।

मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा भने अजोड इन्स्योरेन्सको तर्फबाट हुने सहमति भएको छ । नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० भने श्रवण रावल बन्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*