यूनाइटेड अजोड इन्स्योरेन्सको ब्रान्डिङ लोगो सार्वजनिक

१४ जेष्ठ २०८०, आईतवार १२:४२

काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय संचालन गर्न लागेका हुन् ।

मर्जरपछि बन्ने कम्पनी यूनाइटेड अजोड इन्स्योरेन्सको नयाँ ब्रान्डिङ लोगो सार्वजनिक गरिएको छ । जसमा रातो र निलो रङको सम्मिश्रणबाट चारवटा आइकनले नयाँ ढंगबाट एकीकृत भई कारोबार सुरु गर्ने जनाइएको छ । उक्त लोगोमा यूनाइटेड र अजोडमा भएको लोगो झल्किएको छैन ।

लोगोमा युनाइटेड अजोड इन्स्योरेनस लिमिटेड युनाइटेड बाइ ट्रस्ट लेखिएको छ । नयाँ लोगोमार्फत फरक ढंगबाट आफ्नो छबी बनाउने तयारी गर्ने लोगोमार्फत देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*