ओरियन्टल इन्स्योरेन्सको सिईओमा टोटोन चक्रवर्ती नियुक्त

१४ जेष्ठ २०८०, आईतवार १४:११

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा टोटोन चक्रवर्ति नियुक्त भएका छन् । यसअघि कम्पनीको सिईओ पदमा रहेका विनोद भालचन्द्र घाटेको चारवर्षे कार्यकाल सकिएपछि नयाँ सिईओमा चक्रवर्ती नियुक्त भएका हुन् ।

नवनियुक्त सिईओ चक्रवर्तीले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद जेठ १२ गते पदभार ग्रहण गरिसकेका छन् । बीमा प्राधिकरणको स्वीकृती पश्चात् चक्रवर्ती दुई बर्षको लागि नियुक्त भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*