युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ, सिनर्जी आउने काम गर्न अध्यक्ष सिलवालको निर्देशन

१४ जेष्ठ २०८०, आईतवार १९:१८

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ।

दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् । उनले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए ।

अजोड र युनाइेटडबीच गत २७ पुसमा मर्जर सहमति भएको थियो। गत १६ चैतमा मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो। त्यसपछि आवश्यक मर्जर प्रक्रिया सम्पन्न गरेर दुई कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। यी दुई कम्पनी १००ः८२।५ स्वाप रेसियोमा मर्ज भएका हुन्।

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भ गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मर्जर सफल रुपमा सम्पन्न भएर एकिकृत कारोबार शुभारम्भ सुरु गरेको भन्दै शुभकामना दिएका थिए । बीमा कम्पनीहरुले बीमा पहुँच विस्तारमा समेत ध्यान दिनुपर्ने कुरा कार्यक्रममा व्यक्त गरेका थिए ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको क्षमता बढाउन क्यापिटल प्लान ल्याइएको र उक्त पूँजी पुर्याउन सके बोनस शेयर दिएर नसके मर्जर गरेर पुर्याउनु पर्ने प्राधिकरणको निर्देशनलाई कार्यान्वयन गरेको भन्दै धन्यवाद दिएका छन् । मर्जर सँगै सिर्जनी आउने गरी काम गर्न उनले आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत समेत प्रदान गरिसेको छ । नेपाल धितोपत्र बोर्डले पनि अन्तिम स्वीकृति प्रदान गरिसेको छ ।

युनाइटेड र अजोड एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । हाल युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ ।

मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा भने अजोड इन्स्योरेन्सको तर्फबाट हुने सहमति भएको छ । नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत भने श्रवण रावल बन्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*