इन्स्योरेन्स इन्स्टिच्युट नेपालद्वारा नेको इन्स्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम प्रदान

१६ जेष्ठ २०८०, मंगलवार ११:२१

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धीे तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको वित्तीय सुशासनमा जोड दिदै इन्स्टिच्युटले नेको इन्स्योरेन्स प्रधान कार्यालय लगायत विभिन्न जिल्लाका कर्मचारीहरुलाई सो तालिम प्रदान गरेको हो ।

इन्स्टिच्युटले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी तालिम प्रदान गर्ने गर्दछ । सो अन्तर्गत इन्स्टिच्युटले नेको इन्स्योरेन्सका कर्मचारीलाई वित्तीय सुशासन सम्बन्धी तालिम दिएको हो । इन्स्टिच्युटले उक्त तालिम जेठ १४ र १५ गते गरी दुई दिन प्याराडाईज गार्डेन रेस्टुरेन्ट एण्ड भिलेज, नक्सानमा संचालन गरेको थियो ।

उक्त तालिममा नेको इन्स्योरेन्सका प्रधान कार्यालय लगायत उपत्यका भित्र र बाहिर गरी करिब ३० जना कर्मचारी सहभागी थिए । उपस्थित कर्मचारीहरुले सम्पत्ती शुद्धीकरण तथा वित्तीय सुशासन सम्बन्धी तालिमले वित्तीय सिकाईमा उपलब्धी भएको र सम्पत्ति शुद्धीकरण सम्बन्धी सिप तथा ज्ञानहरु प्राप्त भएको बताए । साथै नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिकाहरुको बारेमा समेत जानकारी हुनुपर्ने सहभागीहरुले बताए ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिकाको बारेमा संस्थागत तथा वित्तीय शुसासनको बारेमा प्राधिकरणका उप–निर्देशक सम्भाराज लामिछानेले प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण पहिलो सेसनमा राष्ट्र बैंकको तर्फबाट हरिकुमार नेपालले दिएका थिए । त्यस्तै, दोस्रो सेसनमा राष्ट्र बैंकबाटै अभियान उपाध्याय र तेस्रो सेसनमा प्राधिकरणले जारी गरेको निर्देशिकाको बारेमा प्राधिकरणकै तर्फबाट हृदयश्वर पण्डितले प्रकाश पारेका थिए । साथै कार्यक्रममा प्रमाणपत्र वितरण र सहभागी कर्मचारीहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको बारेमा इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले उल्लेख गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*