शिखर इन्स्योरेन्सले आफ्नो स्वामित्वको चारवटा सवारी साधन बिक्री गर्दै

२२ जेष्ठ २०८०, सोमबार १०:२९

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो नामको सवारी साधनहरु लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा दर्ता कायम रहेका ४ वटा सवारी साधनहरु लिलामद्वारा बिक्री वितरण गरिने जनाएको हो ।

कम्पनीले भेन्टो कार, सुमो गोल्ड इएक्स, क्लासिक ३५० र पल्सर २०० एनएस सवारी लिलाम गर्न लागेको हो । उक्त सवारी साधन खरिद गर्न चाहाने व्यक्ति तथा संघसंस्थाले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा पुग्नेगरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*