मर्जपछि अब्बल बन्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, वैशाख महिनामा सबैभन्दा धेरै प्रिमियम कलेक्सन गर्न सफल

२२ जेष्ठ २०८०, सोमबार ११:२७

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड ७० लाख ९१ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एकआपसमा मर्ज भइसकेपछि ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबारपश्चात् कम्पनीको व्यवसाय उल्लेख्य बढेको देखिएको हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय तथ्याङ्कअनुसार १५ निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै वैशाख महिनामा सिद्धार्थ प्रिमियरले प्रिमियम कलेक्सन गरेको हो । त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्सले २७ करोड २० लाख, अजोड इन्स्योरेन्सले २६ करोड ९३ लाख सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २४ करोड ९४ लाख, आइजीआई प्रुडेन्सियलले २३ करोड ५४ लाख, युनाइटेडले २० करोड २२ लाख र नेको इन्स्योरेन्सले १९ करोड ६२ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।

वैशाख महिनामा सबैभन्दा बढी व्यवसाय गर्ने सिद्धार्थ प्रिमियरको यस अवधिसम्म जारी बीमालेखको संस्था २० हजार ७०२ रहेको छ । जारी बीमालेखको संख्यामा भने शिखर इन्स्योरेन्सकै अग्रता रहेको छ । यता शिखरको यस्तो बीमालेखको संख्या २० हजार ९६७ रहेकोमा सिद्धार्थ प्रिमियरको पनि २० हजार ७०२ पुगेको छ । यसकारण पनि कम्पनीले सबैभन्दा बढी प्रिमियम कलेक्सन गर्न पुगेको हो ।

सो अवधिसम्म सबैभन्दा थोरै राष्ट्रिय बीमा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*