सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र निसर्ग हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा संचालन गर्ने सम्झौता

२३ जेष्ठ २०८०, मंगलवार १६:१८

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र निसर्ग हस्पिटल प्रालि धनगढी, कैलालीबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष तिर्थराज पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा कम्पनीका बजार व्यवस्थापन बिभाग प्रमुख रामजी ढकाल तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो । यो सगँ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले सम्झौता पश्चात अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित स्वास्थ्य बीमाको सुविधा लिन सक्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*