युनाईटेड अजोड इन्स्योरेन्सको सिईओमा श्रवण रावल नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृति

२३ जेष्ठ २०८०, मंगलवार १७:०५

काठमाडौं । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण कुमार (एसके) रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले आज रावललाई अनुमति दिने निर्णय गरेको छ ।

केही समयअघि आईएमई जनरल इन्स्योरेन्ससँग मर्जरमा गएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ तथा हाल जिआईसी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ रावल मर्जरपछि बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीकोे सिईओमा नियुक्त भएका हुन् ।

नयाँ बनेको कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्त सिफारिस गरेपछि स्वीकृतिको लागि बीमाम प्राधिकरणमा पुगेको फाइल आज स्वीकृत भएको हो । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै अब रावल युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सिईओ बनेका छन् । यद्यपि कम्पनीले औपचारिक रुपमा नियुक्तीको पत्र दिन भने बाँकी छ ।

रावल सगरमाथा इन्स्योरेन्स कम्पनीमा लामो समय काम गरेका अनुभवी सिईओ हुन् । उनी सगरमाथा इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ पदबाट राजिनामा दिई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका थिए । मर्जर भई आईजिआई प्रुडेन्सियलमा सिनियर डेपुटी सिईओ रावलले उक्त कम्पनीबाट राजिनामा दिई नयाँ कम्पनीमा सिईओ नियुक्त भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*