युनाइटेड अजोड इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

२४ जेष्ठ २०८०, बुधबार १६:३३

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै बीमा दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजतपत्र प्राप्त गरेका इच्छुक ब्यक्ति तथा संस्थालाई सूची दर्ता गर्न भनेको हो ।

कम्पनीले आगामी आव २०८०।८१ मा कम्पनीमा बीमालेख जोखिम बहन गरेअनुसार परेका बीमा दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कन गर्नका लागि सर्भेयरको इजाजत पाएका व्यक्ति तथा संस्थाहरुलाई १५ दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

सर्भेयरको इजाजत पाएका इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको प्रधान कार्यालय सिटिसि मल सुन्धाराको सातौं तल्ला, काठमाडौंमा दर्ता गराउन सक्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*