राष्ट्रिय बीमा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, कुन–कुन प्रस्ताव भए पारित ?

३१ जेष्ठ २०८०, बुधबार १४:००

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। । कम्पनीको साधारण सभा कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा अमृतभोग क्याटर्स प्रालिमा आज (बुधबार) सम्पन्न भएको हो सभाले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८।६९, २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ को वित्तीय विवरण पारित गरेको छ ।

साथै, सभाले संचालक समितिको तर्फबाट पेश गरेको बीमा कम्पनी साविकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग आर्थिक वर्ष २०६८।६९, २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साथै राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)को आव २०६८।६९ २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको लेखापपरीक्षकको प्रतिवेदन सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै सो सभाले महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८।६९देखि २०७२।७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, संचालकहरुको आव २०७२।७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना संचालक चयनको लागि निर्वाचन गर्ने साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना संचालक चयनको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

धितोपत्र दोस्रो बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै रहेको छ । सरकारी स्वामित्वको निर्जीवन बीमा व्यवसाय गर्ने उक्त कम्पनीको धितोपत्र दोस्रो बजारमा १२ हजार ७ सय रुपैया शेयरमूल्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*