आजसम्म कायम शेयरधनीले रिलायन्स फाइनान्सको लाभांश पाउने

१९ असार २०८०, मंगलवार ०९:५०

काठमाडौं । रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असार २० गते बुकक्लोज गर्दैछ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

फाइनान्सले असार ३१ गते, स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ३७३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*