बजेट कार्यान्वयन समयसीमा भित्रै हुन्छः अर्थमन्त्री महत

१९ असार २०८०, मंगलवार ११:३१

काठमाडौं । बजेट कार्यान्वयन समयसीमा भित्रै हुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । उनले सम्रग राज्य क्रियाशीलता र समर्पणको आवश्कता र सांसद र आम जनताको सहयोग भए बजेट कार्यान्वयन समयसीमा भित्रै हुने कुरामा दुईमत नरहेको उनले बताएका छन् ।

राष्ट्र बैंकलाई पनि असार मसान्तभित्र थप सहजताको बाटोहरु खोलिदिन आग्रह गरिसकेको बताँउदै सरोकारवाला पक्षहरुले सकारात्मक बाटो देखाएको जानकारी दिए । यसले अर्थतन्त्र चलायमानमा थप सहयोग पुग्ने उनको धारणा रहेको छ।

हामीले बजेटलाई कार्यान्वयन समयसीमा भित्र सकाउन छलफल निरन्तर जारी राखेका छौ । मलाई आशा छ, मन्त्रालयका मातहत र कर्मचारी र सांसदहरुको उचित सहयोग पाए समयसिमा भित्रै नै काम सम्पन्न हुनेमा विश्वस्त रहेको छ । उनले भने ।

आउँदो वर्ष अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा। महतले बताए । ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं ।’क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाई छ । ‘पछाडि परेको समुदाय, जेष्ठ नागरिक लगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौं ।

यसबाट हामी पछाडि फर्किन सक्दैनौं । अब निर्णय गर्दा विचार गर्नुपर्छ । अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ । जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन । यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्छौं ।’उनले प्रशासनिक खर्च घटाउन समेत आग्रह गरे । डा। महतले भने, ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं ।

बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*