किन एनएलजी इन्स्योरेन्समा एकाएक झुम्मिए लगानीकर्ता ? यस्तो छ कारण

१९ असार २०८०, मंगलवार १४:४२

काठमाडौं । आज शेयर बजारको प्रि ओपनिङ सेसनदेखि एनएलजी इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिन्छ । शेयर बजार बन्द हुनेसमय सम्म पनि सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा कम्पनी नै रहेको छ।कम्पनीको शेयर भाउ भनेको हिजोको तुलनामा २१ रुपैयाँ १० पैसाले घटेको छ। हिजोको तुलनामा २।३२ प्रतिशतले घटेर आज ८८८ रुपैयाँ ९० पैसामा कारोबार भईरहेको छ ।

शेयर बजार घटेपनि कम्पनीको शेयरमा खरिदकर्ता र बिक्रिकर्ता दुबैको चाप भने बढेको छ ।

कम्पनीको शेयर बढेर यस महिना ९४० सम्म पुगेको छ। सो भन्दा माथि जान सकेको थिएन् । सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा कम नै आउने गरेको यो कम्पनीको शेयर एकाएक कसरी खरिदबिक्रि भयो भन्ने प्रश्न सबै लगानीकर्ताको मनमा आउन सक्छ ।

कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आर्कषण बढ्नुमा नेपाल बीमा प्राधिकरणको निर्णय रहेको छ । प्राधिकरणले पुाजि वृद्धिको लागि हिजो कम्पनीलाई ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएसँगै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ ।

वित्तिय विवरणको आधारमा पनि हेर्ने हो भने कम्पनी टप ५ मा पर्ने कम्पनी हो ।प्राधिकरणले पुँजिवृद्धिको अवधारणा सारिरह्दा कम्पनीले भने हकप्रदको विकल्प छानेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*