निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६ प्रतिशतले बढ्यो, दुईको घट्यो, कुनको कतिले बढ्यो ?

२१ असार २०८०, बिहीबार ०७:०१

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क करिब ६ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा कुल ३६ अर्ब १९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरु कुल ३४ अर्ब १५ करोड रुपैयाँ आर्जन गर्न सफल भएका थिए ।

नेपालमा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मध्ये चालु आवको जेठ महिनासम्ममा १२ कम्पनीको बीमाशुल्क आर्जन बढेको र दुई कम्पनीको घटेको प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क गत आर्थिक वर्षको तुलनामा सर्बाधिक बढेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ३३.०८ प्रतिशतले बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

दोस्रो नम्बरमा सानिमा जिआईसी इन्स्योरेन्स रहेको छ । कम्पनीको बीमाशुल्क आर्जन गत आवको तुलनामा १८ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यसका साथै नेशनल इन्स्योरेन्सको १३ प्रतिशतले बढेर ९० करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा युनाईटेड अजोड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ११ प्रतिशतले बढेर ३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । साथै, आईजिआई प्रुडेन्सियलको बीमा शुल्क आर्जन १० प्रतिशतले बढेको छ ।

समिक्षा अवधिसम्ममा प्रभु इन्स्योरेन्सको १० प्रतिशत, शिखर इन्स्योरेन्सको ८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको २ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २ र नेपाल इन्स्योरेन्सको ० दशमलव २७ प्रतिशतले बीमा शुल्क आर्जन बढेको छ ।

समिक्षा अवधिसम्ममा दुुई कम्पनीको बीमा शुल्क आर्जन घटेको छ । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शूल्क आर्जन गत आवको तुलनामा घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*