बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२१ असार २०८०, बिहीबार १०:४८

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*