मदर मुनको आत्मवृतान्त अब नेपाली भाषामा

२१ असार २०८०, बिहीबार १२:२५

काठमाडौं । प्रख्यात शान्तिवादी नेत्री डा हाक जा हान मुन अर्थात मदर मुनको आत्मवृतान्त (शान्ति प्रिय आमा) नेपाली भाषामा प्रकाशित भएको छ ।

उक्त आत्मवृतान्त पहिलो पटक कोरियन भाषामा प्रकाशित भएको थियो । त्यसपछि संसारका विभिन्न भाषाहरुमा उल्था गर्दै प्रकाशन गर्ने क्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले छाया सेन्टरको अलफ्ट होटेलमा आयोजित एक कार्यक्रममा नेपाली भाषामा उल्था गरिएको सो पुस्तक सार्वजनिक गरेकी हुन् । मदर मुनको आत्मवृतान्त सबै महिलाहरुका लागि प्रेरणा बन्ने समेत उनको दाबी रहेको थियो ।

कार्यक्रमकाबीच पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले मदर मुनको नेपाल र नेपालप्रति असिम प्रेम लगाब रहेको खुलासा गरे । नेपालको प्रगतिमा साथ रहेको भन्दै उनले जीवनमा सफलता पाउनका लागि अनवरत रुपमा लागि पर्नुपर्ने सन्देश आत्मवृतान्तको रहेको उल्लेख गरे ।

साथै नेपाल रिपब्लिक मिडियाकी निर्देशक तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभा ज्ञवालीले आत्मवृतान्त पढ्दा हरेक लाइनमा संघर्षको कथा पाइने र गहिरो भाव प्रकट हुने बताइन् ।

त्यस्तै युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा. चाल्स याङ र क्षेत्रीय संयोजक मासाइची होरी र गायक आनन्द कार्की साथै प्राचार्य दिपक महर्जनसमेतले उक्त पुस्तकको बारेमा आफ्ना धारणा प्रकट गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*