जुम्लाको तातोपानी गाँउपालिकाले निःशुल्क घर बीमा कार्यक्रम सञ्चालन गर्ने

२१ असार २०८०, बिहीबार १३:०७

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिकाले उक्त पालिकाका सबै मानिसहरुको सुरक्षाको निम्ति निःशुल्क घर बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार आ.व ०८०।०८१ को नीति तथा कार्यक्रम तर्जुमा र बजेटमा निःशुल्क घर बीमाको अवधारणा ल्याइएको हो । पालिकाको सबै वडाका तीन हजार तीन सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षा दिनको लागि २० लाख बजेट बिनियोजन गरेको जानकारी दिए ।

चौलागाईले बाढीपहिरोका कारण हरेक बर्ष धेरै मानिसहरुको क्षति भएको कारण स्थानीय सुरक्षाको जिम्मेवारी बहन गर्दै पालिकाका नागरीकको सुरक्षार्थ नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बीमा कम्पनीसँग सहकार्य गरेर उक्त कार्यक्रम ल्याईएको बताए । यस योजना अन्तर्गत हरेक घरलाई पाँच लाख बराबरको बीमा गरिने पालिकाले जनाएको छ ।

अध्यक्षका अनुसार पालिकाभित्रका आर्थिक अवस्था न्यून भएका मानिसको स्वास्थ्य सेवामा पहुँच पुर्याउन सबै वडाका नागरिकका लागि दुई लाखका दरले स्वास्थय बीमा कार्यक्रम प्रयोजनका लागि १६ लाख बजेट विनियोजन गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*