एसइईको नतिजा सार्वजनिक, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ नतिजा

२१ असार २०८०, बिहीबार १५:४६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा सार्वजनिक गरेको हो ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका बोर्डले जनाएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा

मेसेजमार्फत नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत यसरी हेर्नसकिने छः

सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि  एसईई लेखेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउनुहोस् ।

त्यस्तै नेपाल टेलिकमको आईभिआर मार्फत नतिजा सुन्नका लागि १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।

एसएमएसबाट नतिजा हेर्ने अन्य विकल्प पनि यस प्रकार छन्

–जानकी टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न ३५००१ मा एसएमएस पठाउनुहोस् ।

–इजी सर्भिस प्रा लिबाट नतिजा हेर्न ३४९४९ मा एसएमएस पठाउनुहोस् ।

–आकाश टेक प्रालिबाट नतिजा हेर्न  ३१००३ मा एसएमएस पठाउनुहोस् ।

–क्रियसन सफ्ट नेपाल प्रालिबाट नतिजा हेर्न ३१०३४ मा एसएमएस पठाउनुहोस् ।

यी सबैमा नेपाल टेलिकमको एसएमएसमार्फत नतिजा हेरे जस्तै प्रक्रिया दोहोयाउनु पर्ने हुन्छ । एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*