डिस होम टिभी अब मोबाइलमा पनि

२१ असार २०८०, बिहीबार १७:४०

काठमाडौं । डिशहोमले अव मोबाइलमानै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो ।

१५० भन्दा बढी लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ । डिश होमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो मोबाइल एप हाल सम्पुर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ ।

डिशहोम गो एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाईरहेको छ ।

यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*