आठ प्रकारका बीमा पोलिसीबाट निर्जीवन बीमा कम्पनीहरुले भित्राए ३६ अर्ब, पोर्टफोलियोमा निर्जीवन बीमा व्यवसाय

राजन कठायत
२१ असार २०८०, बिहीबार १९:०५

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा निर्जीबन बीमा कम्पनीहरुले कुल ३६ अर्ब १९ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् । कम्पनीहरुले संचालन गरेका विभिन्न ८ प्रकारका बीमालेख बिक्री बापत सो रकम संकलन गर्न सफल भएका हुन् ।

निर्जीवन बीमा कम्पनीको अधिकांश हिस्सा मोटर बीमाले धानेको प्राप्त तथ्याङ्कले देखाएको छ । समिक्षा अवधिमा कम्पनीहरुले मोटर बीमालेखबाट सर्बाधिक बीमाशुल्क आर्जन गरेका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट मात्रै १२ अर्ब ७ करोड रुपैयाँ बराबरको बीमाशूल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो नम्बरमा सम्पत्ति बीमालेख रहेको छ । कम्पनीहरुले समीक्षा अवधिसम्ममा सम्पत्ति बीमालेखबाट ७ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका छन् ।

समिक्षा अवधिसम्ममा कम्पनीहरुले इन्जिनियर तथा ठेक्का जोखिम बीमालेखहरुबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । विभिन्न प्रकारका प्राकृतिक तथा मानवीय क्षतिकोे कारणले विभिन्न ठेक्का जोखिमको बीमा गर्न आवश्यक रहेको छ ।

त्यस्तै, १४ निर्जीवन बीमा कम्पनीहरु विविध बीमालेखबाट ४ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, कृषि तथा बाली बीमालेखबाट दुई अर्ब ८ करोड रुपैयाँ, हवाई बीमालेखबाट १ अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

संचालनमा रहेका १४ निर्जीबन बीमा कम्पनीहरुले सामून्द्रिक बीमालेख र लघु बीमालेखबाट सर्बाधिक कम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीहरुले सामून्द्रिक बीमालेखबाट एक अर्ब ८१ करोड रुपैयाँ लघु बीमालेखबाट ६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*