बिर्तामोड चारपानेमा मोहनमाया मावि भवनको भव्य उद्घाटन, दाता दुर्गा प्रसाईको अभिनन्दन

२१ असार २०८०, बिहीबार २१:२३

झापा । झापा जिल्लाको बिर्तामोडस्थित चारपानेमा रहेको मोहनमाया माध्यमिक विद्यालयको नव निर्मित भवनको आज एक कार्यक्रमका बीच भव्य उद्घाटन गरिएको छ ।

व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईंले करिब चार करोड लागतमा निर्माण गरेको भवन आज आयोजित कार्यक्रममा प्रसाई आफैले उद्घाटन गरेका हुन् । १२ कोठे भवनको उद्घाटनसँगै अब यस क्षेत्रका विद्यार्थीहरुको पठनपाठन थप सहज हुने भएको छ ।

बिहीबार आयोजित भव्य कार्यक्रमका बीचमा मोहनमाया विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच प्रसाईंले विद्यालयको नव निर्मित भवनको रिबन काटेर उद्घाटन गरेका हुन् ।

हजारौं स्थानीयबासी, सर्वसाधारणको उपस्थितिमा शिक्षाको ज्योति फैलाउने उद्देश्यले विद्यालय भवन निर्माण गर्ने व्यवसायी दुर्गा प्रसाईको भव्य अभिनन्दन गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*