विद्युत प्राधिकरण र माछाखोला जलविद्युतबीच पिपिए सम्पन्न

२२ असार २०८०, शुक्रबार १३:४०

काठमाडौं । बुढीगण्डकी हाइड्रोपावरले प्रवद्र्धन प्रयोजनका लागि सुपर माछाखोला जलविद्युत ४.६ मेगावाट विद्युत उर्जा र नेपाल विद्युत प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ ।

गोरखाको धार्चे गाउपालिकामा निमाणर् हुन लागेको आयोजनाको नेतृत्व एनआरएनका सचिव खगेन्द्र न्यौपाने, व्यवसायी जोन घले र इन्द्र ढकाललगायतले गरेका छन् । सञ्चालक समितिमा कृष्ण घिमिरे र सरोज धिताल छन् ।
यो टिममार्फत यसअघि यसै क्षेत्रमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

बिहीबार नेपाल विद्युत् प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदिपकुमार थिके र कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेबीच पिपिए भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*