नेपालले सम्पत्ति शुद्धिकरणमा खेलेको भूमिकाबारे आजदेखि क्यानाडामा छलफल हुँदै

२४ असार २०८०, आईतवार ०९:४६

काठमाडौं । नेपालले सम्पत्ति शुद्धिकरण र आतंकवाद, लागू औषध, मानव ओसार पसार तथा भ्रष्टाचारबाट आर्जिक कालोधनलाई प्रशोधन गरेकोबारे आज क्यानाडामा छलफल हुँदैछ ।

त्यसको लागि नेपालबाट गर्भनर महाप्रसाद अधिकारी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितको टोली सहभागी हुनेछ । नेपालले सम्पत्ति शुद्धिकरणमा प्रभावकारी नियमन नगरेको भन्दै खैरो सूचिमा नेपाल पर्ने खतरा रहेको छ ।

क्यानाडामा रहेको फाइनान्सियल एक्सन टास्कफोर्सको मूल्याङ्कन समुहसँग अबको पाँच दिनसम्म छलफल हुनेछ । यसपछि नेपाल ग्रे लिष्टमा पर्ने कि नपर्ने भनेर छलफल हुनेछ । अन्तर्राष्ट्रिय समुदायले नेपालमा भ्रष्टाचारबाट आर्जित ठूलो रकम प्रशोचन गरिएको भन्दै नेपाललाई खैरो सूचिमा राख्नुपर्ने अडान लिँदै लिएका छन् । क्यानाडामा हुने छलफलपछि नेपाललाई खैरो सूचिमा राख्ने निणर्य भएमा वैदेशिक व्यापारसँगै ऋण र लगानी समेत प्रभावित हुने छ ।

यसअघि गत माघमा नेपाल आएको उक्त टोलीले १० दिन बसेर १०२ वटा बैठक गरेका थिए । ४४ जना निजी क्षेत्रका प्रतिनिधिका साथै ११ वटा नियामक, १६ वटा अनुसन्धान निकायसँग छलफल गरेका थिए । नियामक निकाय मध्ये नेपाल राष्ट्र र नेपाल बीमा प्राधिकरण नै सम्पत्ति शुद्धिकरणमा शंकास्पद भूमिका खेलेको अध्ययन टोलीको निष्कर्ष छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*