आईतबार कति रुपैयाँले बढ्यो सुनचाँदीको मूल्य ?

२४ असार २०८०, आईतवार ११:१०

काठमाडौं । आईतबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ११ हजार तीन सय रुपैयाँ बढेको छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार तीन सय ९५ रुपैयाँका कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*