विश्वकै शक्तिशाली मुद्रा बन्यो कुवेती दिनार
२४ असार २०८०, आईतवार १४:२९

काठमाडौं । सन् १९६० देखि चलनचल्तीमा रहेको कुवेती दिनार मुद्रा विश्वकै शक्तिशाली मुद्रा बनेको छ ।
आईतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार १ दिनारमा ३.२६ अमेरिकी डलर खरिद गर्न सकिने भएको छ । १ कुवेती दिनार बराबर ४३१.७६ नेपाली रुपैयाँ हुने भएको छ ।
आइतबार अमेरिकी १ डलर बराबर १३ंं२.६९ रुपैयाँ, युरोपियन १ युरो बराबर १४४.३९ रुपैयाँ, बहराईन १ दिनारको ३५१ रुपैयाँमा बिक्री भईरहेको छ ।













