मौद्रिक नीति खुकुलो हुनेवित्तिकै वित्तीय सहजता हुनेछः अर्थमन्त्री डा.महत

२४ असार २०८०, आईतवार १७:१४

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउने बित्तिकै हाम्रो अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनु भएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा। महतले भने , ‘मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजादाँ पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो कुरालाई हामीले स्पष्ट ढंगबाट राष्ट्र बैंकको नेतृत्वलाई भनेका छौं । अब आउने मौद्रिक नीतिमा मार्जिनली पलेसी रेटमा सुधार गर्नुपर्ने आवश्यकता छ । मनिटरी पलेसीको टुल्सहरु समयसापेक्ष प्रयोग हुन आवश्यक छ ।’

‘अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष हो । यसको सञ्चालन गर्न हामीले राष्ट्र बैंकलाई जिम्मा लगाएका छौं । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको छ । कतिपय अवस्थामा कार्यान्वयन भएको छ, कतिपय अवस्थामा हुन बाकी छ’ मन्त्री डा। महतले भन्नुभयो, ‘यद्यपि राष्ट्र बैंकले स्वयत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो।’

राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको मन्त्री डा। महतले बताउनुभयो, उहाँले भन्नुभयो, ‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ । मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन ।’

व्याजदर अर्को महत्वपूर्ण पक्ष भएको उहाँले बताउनुभयो । ‘कति व्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ’, मन्त्री डा। महतले भन्नुभयो, ‘ऋण लिनेहरुले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पूँजी प्रवाह हुन सकेको छैन । यद्यपि हाम्रा अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता छ । चलायमान बनाउनका लागि समस्या आइरहेको छ ।’

मन्त्री डा। महतले भन्नुभयो, ‘पूँजीगत खर्च हामीले भने जति विनियोजन गर्न सकिएको छैन । जति विनियोजन भएको छ, त्यसलाई पूरै खर्च गर्न सकियो रि–साइकल हुन्छ र त्यसले उत्पादन दिन थाल्छ ।’

अहिले मौद्रिक नीति थोरै खुकुलो बनाएर जाँदा हाम्रो अर्थतन्त्र चलायमान गराउन मद्दत पुग्ने मन्त्री डा। महतको दाबी छ । उहाँका अनुसार चलायमान अर्थतन्त्रको सकरात्मक संकेतहरु देखिन थालेको छ । वैदेशिक मुद्रा सञ्चिति कम हुन थाल्यो भनेर हामी आत्यौं, अतिकति समस्या आयो भने खत्तमै भइहाल्यो भन्ने हाम्रो मानसिकता छ । त्यो नै बहसको केन्द्रविन्दू हुन्छ । सरकारमा र नीति निर्माणमा बसेकाहरु प्रभावित भएर निर्णयमा पुगिहाल्छन् ।

‘देश श्रीलंकाको बाटोमा गयो भनेर हल्ला चल्यो, त्यसले गर्दा राजस्वलगायत अन्य कुरामा प्रभाव पर्यो । अर्कोतिर मौद्रिक नीति पनि कडा पारियो । अर्थतन्त्रमा समस्या आउनुमा अरु कारण पनि छन् । यी सबै कारणले गर्दा समस्या निम्तिएको हो । हाम्रो आन्तरिक निर्णयले पनि अर्थतन्त्रमा समस्या पारेको थियो’ उहाँले भन्नुभयो, ‘अब यसलाई सच्चाउनुपर्छ ।’

विदेशी मुद्रा सञ्चिति राम्रो छ, पर्यटन व्यवसाय पुरानो लयमा फर्किरहेको छ । विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको छ । यो परिवेशमा मौद्रिक नीति खुकुलो हुने वित्तिकै सहजतातर्फ हाम्रो अर्थतन्त्र अगाडि बढ्ने मन्त्री डा। महतको भनाइ थियो ।

यसपटक वित्तीय नीतिअन्तर्गत हामीले बजेटरी नीतिमा धेरै सुधार राखेको मन्त्री डा। महतले बबताएका छन् । उनले भने , ‘सिस्टममा अस्तव्यस्तता छ । श्रोत सुनिश्चित नभएको, पछि काहिँबाट आइहाल्ला भन्ने नाममा बजेट विनियोजन गरिएको छैन । रकमान्तर ठूलो समस्याका रुपमा देखापरेको छ । भइसकेका कुरालाई सुधार गर्नेतिर होइन, अबका दिनमा कडाइका साथ रोकिने छ ।’

‘हामीले लयमा काम ग¥यौं भने अर्थतन्त्रले गति लिन्छ । लिने संकेत देखापरिसकेको छ’ मन्त्री डा। महतले भन्नुभयो, ‘मूल्यवृद्धिलाई ध्यानमा राखेर मौद्रिक नीति आउने छ भन्ने मलाई विश्वास छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*