कोका–कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम मार्फत युवा महिला उद्यमीहरूलाई सशक्त बनाउँदै

२४ असार २०८०, आईतवार १८:१६

काठमाडौं । कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्राईभेट लिमिटेड सँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरशिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम “सक्षम” को एक महत्वपूर्ण भाग हो, र यसले नेपालमा महिलाहरुद्वारा संचालित स्टार्टअपहरू र सम्भावित स्टार्ट(अपहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ, जसले कोका–कोलाको मूल्य शृङ्खलाभन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्दछ ।

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीहरूबाट अत्याधिक प्रतिक्रिया प्राप्त भएको थियो । आवेदकहरूबाट आठ फाइनलिस्टहरूलाई वहाँहरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो । यी फाइनलिस्टहरुमा केहिक्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एण्ड साउथ ईस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशी महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन् ।

कार्यक्रम सुरु गर्नको लागि, जुन ११, २०२३ मा एक ओरीयेण्टेसन सेसन आयोजित गरिएको थियो, जसले फाइनलिस्टहरुलाई आफ्नो यात्रामा बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्यो । सहभागीहरूलाई त्यसबेलादेखि वहाँहरूको उद्यमशीलताको प्रयासमा फस्टाउन र आवश्यक सीप र ज्ञानको साथ सुसज्जित गर्न एक्स्पर्ट सेसनहरु आयोजना गरिएको छ । फाइनलिस्टहरूले सम्मानित स्पिकर र सल्लाहकारहरूको नेतृत्वमा सेसनहरूमा भाग लिने सुअवसर पाउनुभएका छन्, जसमा लैङ्गिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रियाहरू, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषयहरू समेटिएको छ ।

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भन्छन्, “यस कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि हाम्रो अटल समर्पणलाई जोड दिन्छ । यी महत्वाकांक्षी युवा महिला उद्यमीहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरेर, हामीले दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका छौं जसले उनीहरूको सफलतालाई मात्रै नभई नेपालको अर्थतन्त्रको समग्र विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँछ ।”

कार्यक्रमको अवधिभर, सहभागीहरूले नेपालका सफल महिला उद्यमीहरूसँग संलग्न हुने र सिक्ने अनौठो अवसर पाएका छन् आदरणीय अतिथि वक्ताहरुमा प्रसन्न बस्नेत (सहसंस्थापक, कटन मिल नेपाल), हौशाला थापा गुरुङ (हौशाला क्रिएटिभ्स), डा मनु कार्की (इको साथी नेपाल), सुजाता श्रेष्ठ (घाघर र एम एण्ड एस) लगायतले युवा महिलाहरूलाई उनीहरूको उद्यमशील यात्रामा थप उत्प्रेरित र सशक्त बनाउँदै आ–आफ्ना प्रेरणादायी कुराहरु कथाहरू र अन्तर्दृष्टिहरू साझा गरेका थिए ।

सक्षम नेपालको उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि कोका–कोला नेपालको प्रतिबद्धताको प्रमाण हो । यस कार्यक्रम एटेलियर प्लेटफर्म प्रा लिमिटेड, उद्यमशीलताको विकास र ईनोभेसनको समर्थनमा एक विश्वसनीय साझेदार, द्वारा लागु गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*