सोमबार सुनचाँदीको मूल्य स्थिर
२५ असार २०८०, सोमबार ११:०५

काठमाडौं । कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज आईतबारको दाजोमा सुनचाँदीको मूल्य स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ११ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ११ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य एक हजार तीन सय ९५ रुपैयाँका कारोबार भैरहेको छ ।