शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा, चालु खाता सुधारतर्फ

२५ असार २०८०, सोमबार १२:४७

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा मुलुकको ब्यालेन्स अफ पेमेन्ट २ खर्ब २८ अर्ब अर्ब माथिले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार जेठ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

.अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ । यस्तै समीक्षा अवधिमा मुलुकको चालू खाता घाटा घटेर ६९ अर्ब ४० करोडमा झरेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२।५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*