जेठ मसान्तमा नेप्से २०४२.०७ अंकमा कायम, बजार पुँजिबजार २८ खर्ब ४४ अर्ब रुपैयाँ

२५ असार २०८०, सोमबार १३:५९

काठमाडौं । २०७९ जेठ मसान्तमा १९९६.२६ रहेको नेप्से सूचकाङ्क २०८० जेठ मसान्तमा २०४२.०७ कायम भएको छ ।

२०८० जेठ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२९८६ अर्ब २० करोड कायम भएको छ । २०७९ जेठ मसान्तमा बजार पुँजीकरण रु.२८४४ अर्ब ११ करोड रहेको थियो ।

२०८० जेठ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र३ अन्य समूहका रहेका छन्। २०७९ जेठमा सूचीकृत कम्पनीहरूको संख्या २३२ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*