मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर
२६ असार २०८०, मंगलवार १०:५७

काठमाडौं । कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज सोमबारको दाजोमा सुनचाँदीको मूल्य स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ११ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य एक हजार तीन सय ९५ रुपैयाँका कारोबार भैरहेको छ ।












