सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर सम्पर्क विहिन, खोजी कार्य तीव्र

२६ असार २०८०, मंगलवार ११:२५

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर केहीबेरअघिदेखि सम्पर्कविहीन भएको छ । बेपत्ता मनाङ् एयरको हेलिकोप्टर खोज्न काठमाडौंस्थित विमानस्थल उद्धार टोली र रुटमा पर्ने क्षेत्रबाट प्रहरी परिचालन गरिएको छ ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको जनाइएको छ । ९ एन एएमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*