आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२७ असार २०८०, बुधबार १०:२४

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मार्केटिङ विभागमा केही संख्याले कर्मचारी माग गरेको हो ।

कम्पनीले खुलाएको रोजगारमा आवेदन दिनको लागि प्लस टु तहदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको रोजगारमा आवेदन दिनको लागि ड्राईभिङ लाइसेन्स अनिवार्य भएको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेभसाईट https://igiprudential.com/career  मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*